मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित आठ जना पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित आठ जना पक्राउ


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उनले बताए ।

Advertisement

यसरी पक्राउ पर्नेमा थापासहित प्रतिनिधिसभा सांसद् दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालगायत रहेका छन् ।

राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।

शेयर गर्नुहोस:

108
Shares