काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनले प्राकृतिक प्रकोपहरूलाई अझ पेचिलो बनाउँदै गएको बताएका छन् । काठमाडौँमा बिहीबारदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले विपद् जोखिम न्यूनीकरण आजको आवश्यकता भएको बताए । “मुलुक भौगोलिक, प्राकृतिक र सामाजिक दृष्ट्रिकोणले विविधतायुक्त देश हो, यहाँको भू-भाग, जलवायु र वातावरणीय संरचनाले गर्दा…