मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको न्वारन

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको न्वारन


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

सौराहा (चितवन) । चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’ नामक हात्तीले जन्माएको छावाको नाम ‘रामप्रितगज’ राखिएको छ ।

खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा आइतबार भएको न्वारनमा छावाको नाम ‘रामप्रितगज’ राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले चितवन निकुञ्जको संरक्षणमा स्थापनाकालदेखि नै योगदान दिएका रामप्रितको सम्मानमा रामप्रितगज नामाकरण गरिएको बताए ।

Advertisement

“विभिन्न संरक्षणकर्मीको सम्मानमा हात्तीको छावा नामकरण गर्दै आइहेका छौँ, यसपटक चितवन निकुञ्जको संरक्षणमा सुरूदेखि नै योगदान दिएका संरक्षणकर्मीको सम्मानमा नामाकरण गरेका हौँ”, उनले भने ।

चितवन निकुञ्ज स्थापनाकालमा यादव रेञ्जर पदमा रहेर संरक्षणमा खटिएका थिए । उनले निकुञ्जको प्रमुख संरक्षण अधिकृतसमेत भएर काम गरिसकेका छन् । यादव हाल अवकाश भइसके पनि संरक्षणको क्षेत्रमा सक्रिय छन् ।

उनकै उपस्थितिमा हात्तीको नामकरण गरिएको हो । सो क्रममा यादवले भने, “मैले सुरूदेखि यो निकुञ्जको संरक्षणमा सक्रिय हुन पाएँ, मैले के–कति गर्नसकेँ भन्ने अरुले मूल्याङ्कन गर्नुहुनेछ, मेरो सम्मानमा हात्तीको नामकरण हुँदा गर्व महसुस भएको छ ।”

‘रामप्रितगज’ तमोरकली हात्तीको तेस्रो सन्तान हो । रामप्रितगजको जन्म यही साउन ७ गते भएको हो । यसलाई ‘रोनाल्डो’ नामक हात्तीको सन्तान मानिएको छ ।

यहाँ जन्मिने भाले छावाको नामको पछाडि ‘गज’ र पोथी हात्तीको नामको पछाडि ‘कली’ राख्ने प्रचलन छ । चालु आर्थिक वर्ष २०८२/८३ मा जन्मिएको यो पहिलो छावा हो । गत आव २०८१/८२ मा पाँच वटा छावाको जन्म भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिए ।

हाल यस प्रजनन केन्द्रमा नौ वटा ठूला हात्ती, छ वटा तालिम प्राप्त हात्ती र सात वटा तालिम नगरेका गरी २२ वटा हात्ती छन् । प्रजनन केन्द्र र निकुञ्जभित्रका विभिन्न पोस्टमा गरी हाल ५८ वटा हात्ती छन् ।

विसं २०४४ मा स्थापना भएको प्रजनन केन्द्र तथा तालिम केन्द्रमा २०५० सालदेखि बच्चा जन्मिन सुरु भएको हो । हालसम्म यस केन्द्रमा ६९ वटा बच्चा जन्मिएका छन् । जसमध्ये छ वटा हात्ती विभिन्न कारणले मरिसकेका छन् ।

शेयर गर्नुहोस:

216
Shares