दोहामा तीव्र विस्फोटले सहर गुञ्जियो, नागरिक अलमलमा

कतार- कतारको राजधानी दोहा आज तीव्र विस्फोटले गुञ्जिएको छ। सीएनएनसँगको कुराकानीमा एक स्थानीयरूपमा बसोबास गर्ने दोहावासीले बताएका छन् कि उनी र उनका दुई साना छोराछोरी एक्कासी विस्फोटको आवाजले आतंकित भए। "हामीले बच्चाहरूलाई हतारहतार सुरक्षित स्थानमा पु¥यायौं, तर उनीहरू तर्सिएर के गर्ने भन्ने नै थाहा पाएनन्। कतैबाट प्रहार भइरहेजस्तो लाग्थ्यो भने कतैबाट त्यसको प्रतिकार पनि भइरहेको…