मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील छ : सभापति देउवा

आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील छ : सभापति देउवा


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील रहेको बताएका छन् ।

एकतीसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि संविधानमै व्यवस्था गरिएको बताएका हुन् ।

Advertisement
ADVERTISEMENT

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक परिवर्तनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएको उल्लेख गरे ।

सभापति देउवाले संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको स्पष्ट पारे । उनले आदिवासी जनजाति सङ्गठित रूपमा आफ्नो अधिकारका लागि अगाडि बढेको बताए ।

सभापति देउवाले राजनीतिकसँगै सामाजिक र आर्थिक विकासमा एकजुट भएर अगाडि बढ्नु आवश्यक रहेको उल्लेख गरे । कांग्रेसले आदिवासी, जनजातिको परम्परा र वेशभूषालाई संरक्षण र संवर्द्धन गर्दै आइरहेको उनको भनाइ थियो ।

शेयर गर्नुहोस:

54
Shares