मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
मुख्य समाचार   

दशैंको टीकाको साइत अमेरिकामा बिहीबार बिहान (भिडियो अन्तरबार्ता सहित)

दशैंको टीकाको साइत अमेरिकामा बिहीबार बिहान (भिडियो अन्तरबार्ता सहित)


ड्यालस (अमेरिका) । यो वर्षको बडादशैंको टीकाको शुभ साइत बिहीबार बिहान बिहान परेको छ ।

संसारभरि तिथिको गणना गर्दै आएको ड्रिक पञ्चाङ्गका अनुसार टेक्ससको ड्यालसका निम्ति अक्टोबर २ तारिक बिहान ७ बजेर २२ मिनेट देखि ८ बजेर ५१ मिनेटसम्म टीकाको शुभसाइत रहेको छ । अमेरिकाको अन्य राज्यसिटीहरुको देशान्तर र अक्षांश अनुसार टीकाको साइत फरक रहने जनाइएको छ ।

Advertisement
ADVERTISEMENT

यो तथ्यलाई ड्यालसको पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहारको मुल पूजारी डा. शेखर पण्डितले समेत पुष्टी गर्दै संसारभरिका हिन्दुहरुले फलो गर्ने गरेको ड्रिक पञ्चाङ्गले भनेको समय मिति अनुसार टीका लगाउनु उत्तम हुने बताए ।

नेपालमा टीकाको साइत अक्टोबर २ तारिक ११ बजेर ५३ मिनेटमा रहेको छ । दशैं पर्व आफूभन्दा मान्यजनहरुका हातबाट नौ दिनसम्म दुर्गापूजा गरेको प्रसाद र जमरा लगाउने पर्व हो ।

विगतमा ड्यालसको मन्दिरले अमेरिकाको लागि क्यालेण्डर प्रकाशित गर्दै आएकोमा त्यसले समुदायमा अन्यौलता, विवाद बढाएको गुनासो बढेपछि यसपटक देखि प्रकाशित गर्न बन्द भएको छ ।

मन्दिरको केही महिना अघि भएको विशेष भेलाले नेपाली क्यालेण्डरलाई फलो गर्दै पर्वहरु मनाउने निर्णय गरेको थियो ।

शेयर गर्नुहोस:

13.6k
Shares