काठमाडौँ । आवासीय चिकित्सकहरूले अस्पतालमा ओपिडी सेवा ठप्प पार्दा अस्पताल आएका बिरामी मर्कामा परेका छन् । सरकारीसरह निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै २३ दिनदेखि आन्दोलनरत निजी मेडिकल कलेजका चिकित्सकका कारण बिरामी मारमा परेका हुन् । उनीहरूको आन्दोलनमा सरकारी चिकित्सकहरूले पनि ऐक्यबद्धता जनाएका छन् । काठमाडौँको वीर अस्पतालमा मात्रै दैनिक दुई हजारभन्दा बढीले ओपिडी सेवा लिने…