वीरगञ्ज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमशीलतालाई सम्मान गर्दै आत्मनिर्भरतातर्फ अघि बढाउन महिलाका लागि अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आज आयोजित ‘नारीः शक्ति, समर्पण र सम्मान’ विषयक वृहत् महिला सम्मेलनको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरणसम्म महिलाको योगदान सधैँ अग्रपङ्क्तिमा रहँदै आएको बताइन्…