सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छटपटी मात्रै : उपमहासचिव ज्ञवाली

पर्वत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार सङ्कटमा पर्‍यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको बताएका छन् । नेकपा (एमाले) पर्वतले आइतबारदेखि सञ्चालन गरेको तीनदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे । “सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि…