मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

लिम्बूको हत्या अभियोगमा दुई जना पक्राउ

लिम्बूको हत्या अभियोगमा दुई जना पक्राउ


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीले काठमाडौँको टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बूको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

Advertisement

उनका अनुसार उनीहरूले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा राम गम्भीर घाइते भएको र रड प्रहारबाट गम्भीर घाइते भएका रामको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

शेयर गर्नुहोस:

108
Shares