मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

लिम्बूको हत्या अभियोगमा दुई जना पक्राउ

लिम्बूको हत्या अभियोगमा दुई जना पक्राउ


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीले काठमाडौँको टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बूको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

Advertisement

उनका अनुसार उनीहरूले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा राम गम्भीर घाइते भएको र रड प्रहारबाट गम्भीर घाइते भएका रामको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

शेयर गर्नुहोस:

108
Shares