जन्मसिद्ध नागरिकता समाप्त गर्ने उद्देश्यले जारी भएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशलाई संघीय न्यायाधीशले अस्थायी रोक लगाएका छन्। राष्ट्रपति ट्रम्पले संविधानको १४ औं संशोधनका बेलादेखि कायम रहेको जन्मका आधारमा अमेरिकी नागरिक हुनसक्ने संवैधानिक अधिकारलाई चुनौती दिंदै पद बहाली गरेकै दिन जन्मसिद्ध नागरिकताको हक सम्बन्धी व्यवस्थामा परिमार्जन गर्नेगरी कार्यकारी आदेश जारी गरेका थिए। सो आदेशका विरुद्ध विभिन्न…