क्यालिफोर्निया । नेपाली राजदूतावास वासिङ्टन डिसीको आयोजनामा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा कन्सुलर तथा राहदानी शिविर सुरू भएको छ। नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) र गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरको सहयोगमा पाँच दिने शिविर सञ्चालन गरिएको हो। डिसीबाट ६ घन्टाको हवाई दूरीमा रहेको सान फ्रान्सिस्कोमा जनवरी १४ मा खुला गरिएको राहदानी नवीकरणका लागि आवेदन दुई घन्टामै…