मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
बोस्टन   
मुख्य समाचार   
राजनीति-समाज   

निर्वाचन आयोगद्वारा फागुन २१ मा हुने निर्वाचनको कार्यक्रम सार्वजनिक

निर्वाचन आयोगद्वारा फागुन २१ मा हुने निर्वाचनको कार्यक्रम सार्वजनिक

माघ ११मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यक्रम पनि सार्वजनिक


शेयर गर्नुहोस:

918
Shares

  • change font
  • change font
  • change font

अमेरिका। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारको वैधता, जिम्मेवारी, भूमिका र आयूका बारेमा चर्को बहसहरु चलिरहेकै बेला, निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले गत कार्तिक ३० गते आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो।

गत असोज २२ र २३ गते जेन्जीका नाममा नेपालमा भएको आन्दोलनले गरेको राजनितिक परिवर्तन पश्चात् कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई ६ महिनाभित्र विघटित प्रतिनिधिसभाको निर्वाचन गराउने प्रमुख जिम्मेवारी दिइएको थियो। सोही जिम्मेवारी पूरा गर्न भन्दै प्रतिनिधिसभाको निर्वाचन आउदो फागुन २१ गते गर्ने निर्णय गरिएको थियो।

संविधानमा व्यवस्था भए बमोजिम यस निर्वाचनमा प्रत्यक्ष(जसमा मतका आधारमा पहिलो हुने निर्वाचित हुने छ) र समानुपातिक प्रणालीका आधामा प्रतिनिधिसभाको निर्वाचन गरिने छ। सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार, प्रत्यक्षतर्फ हुने निर्वाचनमा भाग लिन चाहनेले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन पत्र दर्ता गर्नु पर्नेछ। सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने भएको छ।

निर्वाचन कार्यक्रम तालिका अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने, माघ ८ गते साँझ ५ बजेसम्म मनोनयन पत्र उपर परेको उजुरीको जाँचबुझ र निर्णय गर्ने र माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरुको नामावली प्रकाशन गरिने, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने, माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोही दिनको दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ।

यसैगरी, मङ्सिर २१ गते बिहान १० बजेदेखि मङ्सिर २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निर्वाचन आयोगमा निवेदन पेस गरिसक्नु पर्नेछ। कार्यक्रम तालिका अनुसार मङ्सिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गरिने भएको छ। यसैगरी, राजनितिक दलहरुले पुष १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म आफ्ना उम्मेदवारहरुको बन्दसूची पेस गर्नुपर्ने, माघ २० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अन्तिम बन्दसूची प्रकाशित गरिने भएको छ।

तोकिएको निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदाताहरुले आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्ने भनी सार्वजनिक गरिएको निर्वाचन कार्यक्रममा उल्लेख गरिएको छ।

यसैगरी, गत कार्तिक ३० गते आइतवार नै निर्वाचन आयोगले यही आउदो २०८२ साल माघ ११ गते राष्ट्रिय सभा सदस्यका लागि हुन गइरहेको निर्वाचनको कार्यक्रम पनि सार्वजनिक गरेको छ।

 

 

शेयर गर्नुहोस:

918
Shares