निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलमा उनले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको भन्दै निर्वाचनका लागि सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्न आग्रह गरेका हुन् । “निर्वाचन निर्धारित समयमै हुन्छ, त्यसको वातावरण बनाउन मिडियाकर्मीले…