देश दुखिरहेका बेला क्रिकेटमार्फत खुसी दिन पाउँदा गर्व लागेको छ : लामिछाने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुशी ल्याउन सकेकोमा गर्व लागेको बताएका छन् । एसिसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएका उनले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई समर्थक र पर्दापछाडिका सबैको योगदान रहेको बताएका हुन् । शनिबार…