काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चारजना पुरुषको घटनास्थलमै…