देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ : महासचिव गुरूङ

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरूङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् । तमू मुक्तिमोर्चा गोरखाको छैटौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले देशमा राजतन्त्र फर्काउने बहानामा चलखेल र षडयन्त्र भइरहेको बताए । “प्रतिगामी शक्तिहरूले उचाल्ने, पर्छाने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्न खोजिरहेका छन् । अब देशमा गणतन्त्रको विकल्प छैन”,…