ड्यालस (टेक्सस) — करिब एक महिनापछि हुन लागेको अमेरिकाको निर्वाचनको सिलसिलामा नेपाली समुदायका अगुवाहरूले अमेरिकी मूलधारको राजनीतिमा संलग्न उम्मेदवारहरूसँग समुदायका चासो र सरोकारका विषयहरू राखेका छन्। आइतबार अपराह्न युलेसको ओकरिज पार्क (Oakridge Park) मा आयोजित छलफल तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा समाजका अगुवाहरू प्रभात दीक्षित, टीका पौडेल, सुदीप अधिकारी लगायतले नेपाली समुदायका समसामयिक सरोकार र चासोका…