सूचना प्रविधि दशकको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी) क्षेत्रको विकासका लागि नीतिगत र संरचनात्मक व्यवस्था गरिएको बताएकी छन् । ‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ अन्तर्गतको ‘पावर संवाद’ सत्रमा उनले आइटीसम्बन्धी विधेयक तथा डिजिटल पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने क्रममा रहेको बताइन् ।…