मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
सूचना-प्रविधि   

एक महिनाभित्र एआई नीति ल्याइन्छ : सञ्चारमन्त्री गुरूङ

एक महिनाभित्र एआई नीति ल्याइन्छ : सञ्चारमन्त्री गुरूङ


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताएका छन् ।

उनले काठमाडौं विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आज धुलिखेलमा आयोजित ‘आईटी मिट–२०२४’को उद्‌घाटन गर्दै एक महिनाभित्र एआईको नीति ल्याई आवश्यक कानून बनाउने पक्षमा सरकार क्रियाशील रहेको बताए ।

‘एआईको कानून बनाएपछि सूचना प्रविधिमार्फत थप कार्यक्रम ल्याउन सकिन्छ, यसका लागि मन्त्रालयमा गृहकार्य भइरहेको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने ।

नेपाल आईटीको दशकमा प्रवेश गरेको भए पनि त्यसबाट अहिलेसम्म उल्लेख्य फाइदा लिन नसकेको चर्चा गर्दै उनले विषयविज्ञहरूसँग छलफल तथा अन्तरक्रिया गरी आवश्यक नियम कानुन बनाएर मुलुकलाई ‘आईटी हब’का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘एआईको जमाना आइसक्यो, अहिलेसम्म नेपालका सबै सरकारी संयन्त्र ई–गभर्नेन्समा गईसक्नुपथ्र्याे, त्यस्तो हुन सकेको देखिएन, डिटिजल नेपाल फ्रेमवर्कका लागि भए पनि एआईसम्बन्धी कानून यथाशक्य छिटो तयार गरी कार्यान्वयनमा जानेछौं।’

शेयर गर्नुहोस:

162
Shares