काठमाडौँ । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ सोमबार ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई दुई मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु भएको हो । चन्द्रागिरी नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ । आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक…