काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्ने बताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान संविधान र समाजवाद उन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी एवं ‘श्रमिक विमर्श’ पुस्तक विमोचन कार्यक्रममा उनले समयको आवश्यकता…