काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले मुलुकको हवाई सेवालाई चुस्त र प्रभावकारी बनाउन सरकारले आवश्यक काम गरिरहेको बताए । प्रधानमन्त्री ओलीले नेपालमा हवाई यातायातको विकासका लागि सरकारी क्षेत्रबाट सञ्चालिन नेपाल वायुसेवा…