सेनाको इन्जिनियरिङ फौज देवीघाटको बेलिब्रिज निर्माणमा परिचालन

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा ६० मिटर लम्बाइ र ५.५ मिटर चौडाइको बेलीब्रिज निर्माण कार्यमा नेपाली सेना जुटेको छ । नेपाली सेनाका इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माण कार्य गरिरहेको नेपाली सेनाद्वारा आइतबार दिउँसो जारी विज्ञप्तिमा उल्लेख छ । निर्माण हुँदै गरेको बेलीब्रिजको भारवहन ५० टन रहेको सेनाले जनाएको छ…