चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । प्रतिकूल मौसमका कारण विगत चार महिनादेखि अवरुद्ध बनेको गुल्मीको रेसुङ्गा विमानस्थलमा आजबाट पुनः हवाई सेवा सञ्चालनमा आएको छ। मौसम अनुकूल भएसँगै नेपाल वायुसेवा निगमले आफ्नो नियमित उडान पुनः सुरु गरेको हो। रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठको तेस्रो सातादेखि बाक्लो कुहिरो, खराब मौसम र हावाको चापका कारण सुरक्षालाई ध्यानमा राख्दै…