मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मालपोत र नापी कार्यालयको विकृति सुधार गर्छु : मन्त्री अर्याल

मालपोत र नापी कार्यालयको विकृति सुधार गर्छु : मन्त्री अर्याल


काठमाडौँ । भूमि व्यवस्था, गरिबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले अबको सवा महिनाभित्र काठमाडौँ उपत्यकाको एउटा मालपोत र नापी कार्यालयलाई प्रविधिको हिसाबले नमूनायुक्त कार्यालय बनाउने घोषणा गरेकी छन् । 
 
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कारमा उनले असार मसान्तभित्र काठमाडौँ उपत्यकाका सबै र अबको डेढ वर्षभित्र मुलुकका १३१ वटै मालपोत कार्यालयलाई प्रविधिमैत्री बनाउने दृढता व्यक्त गरिन् । 
 
मालपोत र नापीमा देखिँदै आएको विकृति र विसङ्गति सुधार्ने भनेको प्रणालीका आधारमा हो, त्यसका लागि सेवालाई प्रविधिसँग जोडेर लैजान र ती कार्यालयलाई सुधार्न प्रयत्न भइरहेको छ, अब पुराना फाइल बोक्ने होइन, पेन ड्राइभका आधारमा सेवा प्रदान हुनेछ मन्त्री अर्यालले भनिन् । 
 
अहिले नापी र मालपोतमा सानोदेखि ठूलासम्म जुन कार्वाही भइरहेको छ, त्यो सुशासन स्थापित गर्ने सन्दर्भमा भएको बताउँदै मन्त्री अर्यालले सार्वजनिक जग्गा अतिक्रमण गर्न खोज्ने जो कोहीलाई पनि सरकारले कानूनी कारवाहीको दायरामा ल्याएरै छाड्ने अठोट व्यक्त गरिन् ।  रासस