गौतमबुद्ध विमानस्थल आगामी असारसम्म पूरा

काठमाडौँ । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन ।    कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन…