चितवन । चितवन उद्योग संघको पहलमा पर्यटकीय दृष्टिकोण एवम् ऐतिहासिक धरोहरको रुपमा विकसित हुँदै गएको उपरदाङगढी (किल्ला) को दुईदिने अवलोकन भ्रमण गरिएको छ । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न पर्यटनसँग सरोकार राख्ने संघ–संस्था, स्थानीय सरोकारवाला निकायहरु, उद्योगीहरु गरी करिब पाँच दर्जनको सहभागितामा गढीको अवलोकन गरिएको होे । पृथ्वीनारायण शाहका नाति…