चितवन । चितवनका प्रमुख पर्यटक गन्तव्यहरू मुख्य याममै एकाएक सुनसान देखिएका छन्। विशेषगरी सौराहा, मेघौली र पटिहानीजस्ता स्थानहरूमा पर्यटकहरूको आवागमन झिनो देखिँदा स्थानीय पर्यटन व्यवसायीहरू चिन्तित भएका छन् । विशेष गरी पर्यटन प्रवर्द्वन गर्ने निकाय पर्यटन कार्यालय सौराहासँगै व्यवसायीहरूको साझा संस्था क्षेत्रीय होटल संघ नेपाल सौराहाले काम नगर्दा यहाँको पर्यटन क्षेत्र थप मारमा परेको व्यवसायीहरूको…