अमेरिका–चीन तनावका बीच विश्व व्यापार संगठनका अध्यक्षद्वारा राजीनामा

जेनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो अजिभिडोले आफ्नो कार्यकाल एक वर्ष बाँकी छँदै पदबाट राजीनामा दिएका छन् ।    अमेरिका–चीनबीच व्यापार तनाव जारी नै ररहेका बेला तथा कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा व्यापक असर पारेकै अवस्थामा डब्लुटिओका प्रमुखले “व्यक्तिगत” कारण देखाउँदै राजीनामा गर्नुका पछाडि के कारण जिम्मेवार छ भन्नेचाहिँ खुलाइएको छैन ।   …