काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गर्न नमिल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘नेपाली अर्थतन्त्रको भावी दिशा’ विषयमा आज आयोजना गरेको अन्तरक्रियामा उनले नेपालमा श्रीलङ्काको जस्तो आर्थिक सङ्कटको स्थिति उत्पन्न नभएको तर अर्थतन्त्रका सबै सूचकलाई ठीक ढङ्गले परिचालन गर्न वित्तीय अनुशासन कायम गर्नुपर्ने…