पोखरामा पनि केबुलकार सञ्चालनमा आउँदै

पोखरा । पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निर्माण थालिएको केबुलकारको परीक्षण गरिएको छ । पोखरा महानगरापालिका–१८ लेकसाइडस्थित सेतीबाट सराङ्कोट जान आउने केबुलकारको बुधबार परीक्षण गरिएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।   त्रिपाठीका अनुसार अन्नपूर्ण केबुलकार प्रालिले बनाएको यो केबुलकार परीक्षणका लागि जापानबाट सात जना प्राविधिकको टोली  पोखरा आएको थियो । दुई हजार ४००…