काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेसनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेसनल प्रालि र ओमेगा इन्टरनेसनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो । विभागका निर्देशक एवं सूचना अधिकारी कविराज…