तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज

काठमाडौँ । वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको ‘विस एचआर सोलुसन’ प्रालिको इजाजतपत्र (लाइसेन्स नं १४२५/०७४/०७५) खारेज गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम उक्त प्रालिको लाइसेन्स खारेज गरिएको र सोही दफाबमोजिम मुद्दासमेत दायर गरिएको जनाएको छ । उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश…