भक्तपुर । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन सचेत हुनुपर्ने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन लागिरहेको दोस्रो चरणको सुविधा सम्पन्न आधुनिक भवनको आज शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर समय दिनुपर्ने उल्लेख गर्दै रोग लाग्नु अगाडि…