स्वास्थ्य बिमाका लागि सुरक्षित कोष बनाउन आवश्यक : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमा कोष बलियो बनाउन आवश्यक भएको बताएका छन् । स्वास्थ्य बिमालाई थप प्रभावकारी र निरन्तरता दिन जरूरी भएको उनले उल्लेख गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा पोखरामा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, मस्यौदा तथा जनसङ्ख्या व्यवस्थापन र ‘मिडवाइफरी’ बीचको अन्तरसम्बन्धबारे नीति निर्माण एवं सरोकारवालासँगको गण्डकी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रमको उद्घाटन…