काठमाडौँ । काठमाडौँको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ । स्वास्थ्य सेवा विभागले शुक्रबार आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तर्क्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताए । दुई नदीको सङ्गमस्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु…