काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । देशभरका ९ हजारभन्दा धेरै पत्रकारहरूले प्रत्यक्ष मतदान गरी शर्मालाई अध्यक्ष चुनेका हुन् । नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघको सात दशकमा पहिलोपटक महिला निर्वाचित भएसँगै एउटा इतिहास कायम भएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई…