मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतीय काँग्रेसमा नयाँ अध्यक्ष चयन गर्न सोनिया गान्धीको आग्रह

भारतीय काँग्रेसमा नयाँ अध्यक्ष चयन गर्न सोनिया गान्धीको आग्रह


नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गरेकी छन् । 
   
उनले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया सुरु गर्न सोमबार आग्रह गरेको श्रोतले जनाएको छ । केन्द्रीय समितिको बैठकको शुभारम्भका क्रममा उनले “पूर्णकालीन र देखिने अध्यक्ष” चयन गर्न आग्रह गरेकी हुन् । उनले आफू अन्तरिम अध्यक्ष भइरहन नचाहेको बताइन् ।  
बैठकमा गान्धीपछि बोलेका पूर्वप्रधानमन्त्री मनमोहन सिंह र पूर्वरक्षामन्त्री ए के अन्टोनीले गान्धीको निरन्तरताको पक्षमा बोलेका थिए । उनीहरूले गुलाम नाबी असद, आनन्द शर्मा, मुकुल वास्नीकलगायतका प्रमुख नेताहरूले अन्तरिम अध्यक्षलाई दिएको पत्रको आलोचना गरेका थिए ।  
 
श्रोतका अनुसार अन्तरिम अध्यक्ष गान्धीले असदलाई नयाँ अध्यक्ष बनाउने चाहना देखाएकी छन् । बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धीले अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई पठाएको पत्रको समयावधिका बारेमा चर्चा गरेकी थिइन् ।  
 
पार्टीका केही नेताहरुले अन्तरिम अध्यक्ष गान्धी गंगाराम अस्पतालमा उपचार गराइरहेका बेला दिएको पत्रका बारेमा उनले ध्यानाकर्षण गराएकी हुन् । 
 
“यो केन्द्रीय समितिको बैठक हो, यो सञ्चार माध्यम हैन, हामी सबैले यहाँ कुरा राख्न सक्छौँ, छलफल गर्न सक्छौँ,” उनले भनिन् । पार्टीका झण्डै २० नेताले पार्टीलाई पूर्णकालीन र देखिने नेतृत्व चाहिएको माग गर्दै पत्राचार गरेका थिए । 
 
उनीहरुको मागअनुसार नै पार्टीको नेतृत्वका बारेमा निर्णय गर्ने उद्देश्यले अहिलेको महामारीको बेलामा पनि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको नेताहरुले जानकारी दिएका छन् । नेतृत्वको विषयलाई लिएर भारतीय राष्ट्रिय काँग्रेसका नेता तथा कार्यकर्ताहरु अहिले विभाजित भएका छन् । 
 
पार्टीको एउटा पक्षले गान्धी परिवारबाटै नेतृत्व चाहिन्छ भन्ने गरेको छ भने अर्को पक्षले गान्धी परिवारभन्दा बाहिरबाट सामूहिक नेतृत्वलाई अगाडि बढाउनुपर्नेमा जोड दिने गरेको छ । 
 
भारतमा काँग्रेस पार्टीको नेतृत्वमा राहुल गान्धीलाई नै फेरि ल्याउनुपर्ने माग गर्नेहरुको ठूलो संख्या देखिएको छ । निवर्तमान अध्यक्ष गान्धीले गत आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नसकेपछि हारको जिम्मेवारी लिँदै नैतिकताका आधारमा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।   
 
उनलाई पटकपटक राजीनामा फिर्ता लिन आग्रह गर्दा पनि अस्वीकार गरेपछि उनकै आमा तथा पार्टीकी शीर्ष नेतृ सोनिया गान्धीलाई अर्को अध्यक्ष चयन नभएसम्मका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको थियो । तर, अन्तरिम अध्यक्ष बनेको पनि धेरै भएको र नयाँ अध्यक्ष चयन नभएको भन्दै आलोचना भएपछि नयाँ अध्यक्ष चयनका लागि उनले नै केन्द्रीय समितिमा आग्रह गरेकी हुन् । पिटिआई

शेयर गर्नुहोस:

0
Shares