मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाको चीनविरोधी गतिविधि विफल हुने चिनियाँ प्रवक्ताको चेतावनी

अमेरिकाको चीनविरोधी गतिविधि विफल हुने चिनियाँ प्रवक्ताको चेतावनी


बेइजिङ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लि चेनले चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर समस्या देखापरेको बताएका छन् । उनले यसको जिम्मेवार सम्पूर्णरुपमा अमेरिका रहेको पनि दाबी गरेका छन् ।  
 
सोमबारको नियमित पत्रकार सम्मेलनमा उनले अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले हालै दिएको एक अन्तर्वार्ताप्रति लक्षित गर्दै उक्त भनाइ राखेका हुन् । 
 
पोम्पेओले अमेरिका र चीनबीच शित युद्ध भैरहेको छ कि भन्ने प्रश्नमा यसको समस्या चिनियाँ कम्युनिष्ट पार्टीले जन्माएको धारणा व्यक्त गरेको प्रसङ्गलाई लिएर चीनको उक्त भनाइ आएको हो । 
 
पत्रकारहरूसँगको नियमित भेटमा प्रवक्ता चाउले भने, “अमेरिकी केही राजनीतिज्ञहरुले एकपक्षीयरुपमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै हिंसात्मकरूपमा चीनको आन्तरिक तथा विदेशी नीतिलाई बदनाम गरेका छन् । जसबाट अमेरिका–चीनबीचको आपसी सम्बन्धमा समस्या आएको छ ।”
 
उनले भने, “सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको लक्ष्य जन गणतन्त्र चीनको महान पुनरुत्थानको सपनालाई साकार तुल्याउने हो । चीनले विश्वको कूल ग्राहस्थ उत्पादन मात्राका लागि लगातार दस वर्षसम्म ३० प्रतिशतभन्दा बढी योगदान गर्दै आएको छ ।”  
 
उनले चीनको ‘बेल्ट एण्ड रोड’ प्रस्ताव वर्तमान विश्वले अत्यधिक स्वागत गरेको सबैभन्दा ठूलो परिमाणको आर्थिक सहयोगको कार्यक्रम बनेको बताए । 
 
चीनको विकासबाट डराएका कतिपय शक्तिहरूले चीन र चिनियाँ कम्युनिष्ट पार्टीलाई बदनाम गर्ने गतिविधिबाट चीनको सफलता अभिव्यक्त भएको दाबी गरे । सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares