मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर २ करोड २९ लाख बढी संक्रमित, ७ लाख ९८ हजार बढीको मृत्यु

विश्वभर २ करोड २९ लाख बढी संक्रमित, ७ लाख ९८ हजार बढीको मृत्यु


जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २९ लाख २३ हजार ८८४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
 
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख ९८ हजार १८२ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । शुक्रबारसम्म विश्वभरमा एक करोड ५५ लाख ७० हजार ८८ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 
 
विश्वभरमा हाल ६५ लाख ५४ हजार ६० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५७ लाख ५४ हजार ६७८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ७७ हजार ५९७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ५५ लाख ७४ हजार ३०३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ८४ हजार ६५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६७ लाख ९३ हजार ३९९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ५४ हजार ७६६ जनाको मृत्यु भएको छ ।
 
युरोपमा ३३ लाख २ हजार ३०६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ४ हजार ७४४ जनाको मृत्यु भएको छ । एसियामा ६० लाख ६१ हजार ७९५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २७ हजार ५२ जनाको मृत्यु भएको छ । 
 
अफ्रिकामा ११ लाख ६३ हजार १११ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २७ हजार ७४ जनाको मृत्यु भएको छ । ओसियानामा २६ हजार ६९५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ४९९ जनाको मृत्यु भएको छ । एएफपी