बिश्व घटना

विश्वभर एकै दिन दुई लाख ६७ हजार संक्रमित थपिए

विश्वभर एकै दिन दुई लाख ६७ हजार संक्रमित थपिए


जेनेभा । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसको संख्या दुई करोड २९ लाखभन्दा बढी भएको छ । 
 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारीअनुसार विश्वभरीको कुल सङ्क्रमित संख्या दुई करोड २९ लाख १९ हजार १०१ पुगेको छ । 
 
तीमध्ये दुई लाख ६७ हजार ५३२ जना पछिल्लो २४ घन्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ । सोही अवधिमा अरु छ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 
 
योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ९८ हजार १२५ पुगेको छ । 
 
विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । 
 
भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि सबैजसो देशहरुले लकडाउन समेतका अनेक उपायहरु अपनाए पनि प्रामाणिक औषधिको अभावमा सङ्क्रमित र मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । एएनआई