मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर २ करोड २६ लाख बढी संक्रमित, ७ लाख ९२ हजार बढीको मृत्यु

विश्वभर २ करोड २६ लाख बढी संक्रमित, ७ लाख ९२ हजार बढीको मृत्यु


जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ लाख ६३ हजार ७४५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
 
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ९२ हजार ५६४ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । बिहीबारसम्म विश्वभरीमा एक करोड ५३ लाख ७२ हजार ३२४ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 
 
विश्वभरमा हाल ६४ लाख ९८ हजार ८५७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६१ हजार ९९० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५७ लाख ९ हजार ६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ७६ हजार ५४८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ५३ लाख ९५ हजार ५२१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ८२ हजार ८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६७ लाख ३७ हजार ४६३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ५२ हजार ९९८ जनाको मृत्यु भएको छ ।
 
युरोपमा ३२ लाख ६३ हजार २९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ४ हजार ४६४ जनाको मृत्यु भएको छ । एसियामा ५९ लाख ८७ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २५ हजार ८८६ जनाको मृत्यु भएको छ । 
अफ्रिकामा ११ लाख ५२ हजार ५२० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २६ हजार ७२४ जनाको मृत्यु भएको छ । ओसियानामा २६ हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ४८९ जनाको मृत्यु भएको छ । एएफपी

शेयर गर्नुहोस:

0
Shares