बिश्व घटना

भारतमा एकैदिन करिब ७० हजार संक्रमित थपिए

भारतमा एकैदिन करिब ७० हजार संक्रमित थपिए


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या झण्डै ७० हजारसम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ६९ हजार ६५२ जना सङ्क्रमित भेटिएका छन् । 
 
योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २८ लाख ५२ हजार १८६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणअनुसार भारतमा अहिलेसम्म २८ लाख ५२ हजार १८६ सङ्क्रमित भएका हुन् । 
 
तीमध्ये छ लाख ९० हजार ९८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
 
त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ५४ हजार १३४ पुगेको छ । तीमध्ये ९८० जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो । 
 
भारतमा कुल सङ्क्रमितमध्ये २१ लाख ७ हजार ९५४ जना सङ्क्रमणमुक्त भएका छन् । यो संख्या सन्तोषजनक रहेको अधिकारीहरुले बताएका छन् ।  
 
प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । त्यसपछि तमिलनाडु, कर्नाटक, दिल्ली लगायतका प्रदेशहरु बढी प्रभावित भएका छन् ।  एएनआई