मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

क्यानडाका अर्थमन्त्रीद्वारा राजीनामा

क्यानडाका अर्थमन्त्रीद्वारा राजीनामा


टोरन्टो । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन् ।  
 
प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था सिर्जना भएपछि उनले मन्त्रीसहित सांसद पदबाट पनि राजीनामा दिएको समाचारमा जनाइएको छ ।
 
अहिले मन्त्री मोर्नीका परिवारका सदस्यहरुसँग डब्लुई च्यारिटी नामको संस्थाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ, र प्रारम्भिक विवरणमा च्यारिटीसँग सम्बन्ध रहेका प्रमाणहरु सार्वजनिक भएका छन् । 
 
सरकारी अनुदानप्राप्त विद्यार्थी स्वयंसेवी कार्यक्रमका लागि डब्लुई च्यारिटीलाई ६७ करोड अमेरिकी डलरको एउटा कार्यक्रम संचालनको जिम्मेवारी दिइएको थियो । 
 
मन्त्री मोर्नीले आफूले विभिन्न भ्रमणका क्रममा डब्लुई च्यारिटीबाट यातायात खर्च बुझेको स्वीकार गरेका छन् । उनले संवाददाताहरुलाई भने, “म क्यानडाको अर्थमन्त्री र सांसद् पद दुवैबाट राजीनामा दिँदैछु ।” एएनआई
 

शेयर गर्नुहोस:

0
Shares