मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २१ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २१ लाख नाघ्यो


जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २१ लाख २० हजार ९६९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
 
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ७८ हजार ८८३ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । मंगलबारसम्म विश्वभरीमा एक करोड ४८ लाख ५४ हजार ४७५ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 
 
विश्वभरमा हाल ६४ लाख ८७ हजार ६११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६२ हजार १९७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५६ लाख २१ हजार ३४२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ७४ हजार ७४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ५३ लाख २९ हजार ८०५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ७७ हजार ७०० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६६ लाख २८ हजार २०० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ४८ हजार ८११ जनाको मृत्यु भएको छ ।
 
युरोपमा ३२ लाख १६ हजार २१५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ६४६ जनाको मृत्यु भएको छ । एसियामा ५७ लाख ८७ हजार १०२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २२ हजार २६५ जनाको मृत्यु भएको छ । 
 
अफ्रिकामा ११ लाख ३२ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २५ हजार ९५२ जनाको मृत्यु भएको छ । ओसियानामा २६ हजार ११ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ४६४ जनाको मृत्यु भएको छ । एएफपी