मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ लाख ६३ हजार नाघ्यो

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ लाख ६३ हजार नाघ्यो


ब्रासिलिया । ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ लाख ६३ हजार २३५ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।
 
 ब्राजिलमा विगत महिनाहरूको तुलनामा दैनिक कोभिड–१९ सङ्क्रमित तथा मृतकको सङ्ख्यामा कमी आएको भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन ।
 
ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार २३ हजार रहेकोमा सोमबार १९ हजारमा झरेको थियो । केही हप्ता अगाडिसम्म सङ्क्रमितको सङ्ख्या भने सोमबारको तुलनामा करिब तीन गुणाले बढी रहेको थियो ।
 
विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा गत २४ घन्टामा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७७५ थपिएको र अहिलेसम्म कुलल एक लाख आठ हजार ६५४ पुगेको छ भने अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २४ लाख ७८ हजार ४९४ रहेको छ । ब्राजिलमा अझै ७ लाख ७६ हजार मानिस सङ्क्रमित रहेका छन् ।  
 
कोरोनाभाइरसका कारण विश्वभर दुई करोड २१ लाख १९ हजार ७२६ रहेको छ भने सात लाख ७८ हजार ८४२ जनाको मृत्यु भएको छ ।
 
विश्वमा अमेरिका पछि बढी सङ्क्रमित रहेको देश ब्राजिल हो भने क्रमशः भारत, रूस तथा दक्षिण अफ्रिका सङ्क्रमणका हिसाबले बढी प्रभावित मुलुक हुन् । यद्यपि मृत्यु सङ्ख्या भने रूस र दक्षिण अफ्रिकामा भन्दा भारतमा बढी रहेको छ । मृत्यु सङख्याका हिसाबले बेलायत, इटली, फ्रान्स र स्पेन बढी प्रभावित मानिन्छन् । एएनआई