मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो


जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा दुई करोड १८ लाख ५२ हजार ३६४ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सो संगठनका अनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ५८६ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । 
 
सङक्रमितमध्ये हालसम्म एक करोड ४५ लाख ७६ हजार १९६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६५ लाख २ हजार ५८२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरुमध्ये ६४ हजार २५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६७ हजार ७६७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । 
 
 यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३ हजार १३९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५२ लाख ८४ हजार १८८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ । 
 
उत्तर अमेरिकामा ६५ लाख ६६ हजार ९०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ४७ हजार ५४६ जनाको मृत्यु भएको छ । युरोपमा ३१ लाख ७४ हजार ३८१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार २६४ को मृत्यु भएको छ । 
एसियामा ५६ लाख ७६ हजार ९४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख २० हजार ४९९ जनाको मृत्यु भएको छ । अफ्रिकामा ११ लाख २३ हजार  १४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार ६७८ जनाको मृत्यु भएको छ ।  एएफपी