हरियाणा । कोरोनाभाइरसबाट संक्रमित भारतका पूर्व क्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा आइतबार निधन भएको छ । उनी ७३ वर्षका थिए ।
उनको स्वास्थ्य अवस्था शनिबार निकै नाजूक अवस्थामा पुगेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चौहानको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन् ।
चेतन चौहान सन् १९७० को दशकमा भारतीय क्रिकेटका प्रमुख खेलाडी रहनुका साथै उनी महान भारतीय क्रिकेटर सुनिल गावस्करसँग मिलेर इनिङको सुरुआत गर्थे । उनले सन् १९६९ मा न्यूजील्यान्डविरुद्ध पहिलो टेस्ट म्याच खेलेका थिए ।
यी दायाँ हाते ब्याट्सम्यानले ४० वटा टेस्ट खेलेर व्यक्तिगत २ हजार ८४ रन बनाएका थिए । उनले ७ वटा एकदिवसीय क्रिकेट खेलेका थिए ।
गत अगस्टमा उत्तर प्रदेशकी मन्त्री कमला रानीको पनि लखनउमा कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको थियो । एएनआई
प्रतिक्रिया