मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । स्थानीय समयअनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उनले देहत्याग गरेको अधिकारीहरुले जनाएका छन् ।
 
आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उनले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गरेका छन् ।  
 
उनले दिवंगत रोबर्ट आफ्ना लागि भाइमात्रै नभई सबैभन्दा राम्रो साथी भएको स्मरण गरेका छन् । उनले भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रो भएको र चाँडै उmसँग फेरि भेट हुने विश्वास पनि व्यक्त गरेका छन् । 
 
भाइको याद मनभरी ताजा रहिरहने उल्लेख गर्दै उनले भाइको आत्माको शान्तिको कामना पनि वक्तव्यमा गरेका छन् ।  
 
पछिल्लो केही समयदेखि बिरामी अवस्थामा रहेकाले उपचार गराइरहेका राष्ट्रपतिका भाई रोबर्ट ७२ वर्षका थिए । उनको रोग र समस्याका बारेमा भने सार्वजनिक गरिएको छैन ।  
 
उनी ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा सक्रिय थिए भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी र विश्वास पात्र थिए । एएनआई

शेयर गर्नुहोस:

0
Shares